इपिएल

इपिएलको पाँचौ संस्करण कार्तिक अन्तिम सातादेखि

काठमाडौं । फ्रेन्चाइच क्रिकेट एभरेष्ट प्रिमियर लिग (इपिएल) को पाँचौ संस्करण कार्तिक अन्तिम सातादेखि सुरु हुने भएको छ ।

बिहीबार आयोजकले सामाजिक सञ्जालमार्फत प्रतियोगिताको पाँचौं संस्करण आगामी कार्तिक २६ गतेदेखि सुरु हुने सार्वजनिक गरेको हो ।

इपिएलमा काठमाडौं किङ्स ११, ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज, चितवन टाइगर्स, विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्स गरी ६ टोलीको सहभागी छन् ।

यसअघि प्रतियोगिताको पछिल्लो संस्करणको उपाधि चितवन टाइगर्सले जितेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा असोज २३ गते भएको फाइनलमा चितवनले पोखरा राइनोजलाई चार विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।