सहिद स्मारक सी डिभिजन लिग

महाविर र रानिवनले अंक बाँडे

फाइल फाेटाे

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत बिहीबारको दोस्रो खेलमा महाविर क्लब र रानिवन स्पोर्टस क्लबले गोलरहित बराबरी खेलेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा दुवै टोलीले गोलका अवसरहरुको सदुपयोग गर्न नसक्दा अंक बाँडे ।

बराबरीसँगै पाँच खेलबाट आठ अंक जोडेको महाविर तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । यस्तै, समान खेलबाट रानिवारी तालिकाको सातौं स्थानमा छ ।

यसअघि आजै भएको पहिलो खेलमा आरसी ३२ फुटबल एकेडेमीले ओसिस क्लबलाई ४–० ले पराजित गरेको थियो । यस्तै, आजको तेस्रो खेलमा खालिबारी युथ फुटबल क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा भइरहेको छ ।

‘सी’ डिभिजन लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली दोस्रो डिभिजनमा बढुवा हुँदा पुछारका दुई टोली घटुवा हुने प्रावधान छ ।