सहिद स्मारक ‘ए’ डिभिजन लिग

ग्लोबल छनोट: शतप्रतिशत जितसहित नेपाल सेमिफाइलनमा

मस्कट । समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटले पराजित गर्दै नेपाल आइसीसी ट्वान्टी २० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा पुगेको छ ।

समूह ‘बी’ को विजेताको हैसियतमा अन्तिम चारमा पुगेको नेपालले सेमिफाइलनमा समूह ‘ए’ को उपविजेता सयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्नेछ । सेमिफाइलनमा युएईलाई पराजित गरे नेपाल दोस्रो पटक ट्वान्टी २० विश्वकपमा छनोट हुनेछ ।

यसअघि नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी २० विश्वकप खेलेको थियो ।

सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा ओमानले प्रस्तुत गरेको ८१ रनको लक्ष्य १४.१ ओभरमा दुई विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३७ बलमा तीन चौकासहित रन बनाएर अविजित रहे । यस्तै, दीपेन्द्रसिंह ऐरीले ३१ बलमा तीन चौकासहित अविजित २७ रन जोडे ।

वान् डाउनमा क्रिजमा उत्रिएका कुशल मल्ल ‘गोल्डन डक’ भएका थिए । क्यानडाका सलमान नजर र कलिम सानाले समान एक विकेट लिए ।

टस जितेर ब्याटिङमा आएको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रनको योगफल तयार पार्याे । क्यानडाका दुई ब्याटरले मात्र दोहोरो अंकमा रन जोडेका थिए । क्यानडाका डिलोन हेलिगरले सर्वाधिक २३ रन बनाए । यस्तै कप्तान नभनित धनिवालले १८, ओपरन रायान पठानले १४ रनको योगदान गरे ।

क्यानडालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १२ रन खर्चिए । यस्तै, कमलसिंह ऐरी र अभिनाश बोहराले समान दुई विकेट कुशल मल्लले समान एक विकेट लिए ।

छनोटको पहिलो खेलमा नेपालले शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३८ रनले पराजित गरेको थियो । 

ग्लोबल छनोटको समूह ‘ए’ बाट आयरल्यान्ड र सयुक्त अरब इमिरेट्स (यूएई) सेमिफाइलनमा प्रवेश गरिसकेका छन् ।

समूह ‘बी’ बाट घरेलु टाेली ओमान उपविजेताकाे रुपमा सेमिफाइनलमा प्रवेश गरेकाे छ । साेमबारै भएकाे खेलमा ओमानले फिलिपिन्सलाई नाै विकेटले पराजित गर्याे । ओमानले सेमिफाइलनमा समूह ‘ए’ काे विजेता आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।