एनआरटी

एनआरटी अब फुटबल क्लब

काठमाडौं । काठमाडौंको नयाँसडकलाई आधार बनाउँदै जन्मेको सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब न्युरोड टिम एनआरटी फुटबल क्लबको रुपमा दर्ता भएको छ ।

क्लबले नेपाल सरकार अन्तर्गत रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘एन आर टी फुटबल क्लब’ दर्ता गराएको हो ।

दर्तासँगै क्लबले अब एएफसी क्लब लाइसेन्सको लागि प्रक्रिया सुरु गर्ने बताएको छ । यसअघि क्लबले एकेडेमी संचालनको लागि ल्याब स्कुलसँग सम्झौता गरेको थियो ।

हाल नेपालमा मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लब एएफसी क्लबले लाइसेन्स प्राप्त गरेका छन् ।

एनआरटीले पनि लाइसेन्स प्राप्त गर्दै एएफसीको प्रतियोगिता खेल्ने योजनाअनुरुप कम्पनी रजिस्टारको कार्यालयमा दर्ता गरेको हो ।

१९९१ सालमा सामाजिक संस्थाको रुपमा स्थापित एनआरटीले २०१६ सालमा पहिलो पटक ‘ए’ डिभिजन लिगको हैसियत पाएको थियो । त्यसयता, क्लबले ०१७, ०१९, ०३५ र ०५२ सालमा गरि चार पटक उपाधि जितिसकेको छ ।  

जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १२ खेल खेल्दा एनआरटी दोस्रो स्थानमा छ ।