चारदेशीय ट्वान्टी २० शृंखला

चारदेशीय शृंखलाः अन्तिम खेलमा आयरल्यान्डविरुद्ध मैदान उत्रँदै नेपाल

मस्कट । चारदेशीय ट्वान्टी २० क्रिकेट शृंखलाअन्तर्गतको अन्तिम खेलमा आयरल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ ।

नेपाल र आयरल्यान्ड ट्वान्टी २० क्रिकेटमा हालसम्म दुई पटक आमने सामने भएका छन् । जसमा नेपाल दुवै खेलमा पराजित भएको थियो ।

नेपालले यसअघि शृंखलाको पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो । यद्यपि, दोस्रो खेलमा नेपाल सयुक्त अरब इमिरेट्स (युएई) सँग २५ रनले पराजित भएको थियो ।

यस्तै, आयरल्यान्डले पहिलो खेलमा ओमानमाथि ९ विकेटको सहज जित निकाल्दा दोस्रो खेलमा युएईसँग १३ रनले पराजित भएको थियो ।

ट्वान्टी २० विश्वकपको ग्लोबल क्वालिफायर्सको तयारीका लागि शृंखलामा नेपालसहित ओमान, आयरल्यान्ड र युएई सहभागी छन् ।