मंसिर १६, २०८२ मंगलबार | १४:००:२८
जनकपुरको आक्रमक ब्याटिङ सुरुआत जनकपुरलाई चितवनको बलियो लक्ष्य अर्धशतक बनाउँदै पवेलियन फर्किए अर्जुन, चितवन बलियो योगफलतर्फ अग्रसर जनकपुरविरुद्ध मलानको अर्धशतक, चितवनको एक सय रन पूरा चितवनले पावरप्लेमा जोड्यो ३८ रन एनपिएलमा मंगलबारः जितको दबाबमा चारवटै टोली नेपाल र चाइनिज ताइपेइ पहिलोपटक खेल्दै एसिसी यु-१९ प्रिमियर कपः नेपाल उपविजेता साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा जनकपुरको आक्रमक ब्याटिङ सुरुआत जनकपुरलाई चितवनको बलियो लक्ष्य अर्धशतक बनाउँदै पवेलियन फर्किए अर्जुन, चितवन बलियो योगफलतर्फ अग्रसर जनकपुरविरुद्ध मलानको अर्धशतक, चितवनको एक सय रन पूरा चितवनले पावरप्लेमा जोड्यो ३८ रन एनपिएलमा मंगलबारः जितको दबाबमा चारवटै टोली नेपाल र चाइनिज ताइपेइ पहिलोपटक खेल्दै एसिसी यु-१९ प्रिमियर कपः नेपाल उपविजेता साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा
शनिबारको दिन भ्यालेन्टाइन डे विशेष

भ्यालेन्टाइन ‘ब्वाइ’ करण

काठमाडौं । फेब्रुअरी १४, विश्वभरका प्रेमिल जोडीका लागि आफ्नो प्रेम उजागर गर्ने र खुसीयाली मनाउने महत्त्वपूर्ण दिन । तर, नेपाली क्रिकेट र क्रिकेट समर्थकलाई भने यसले बेग्लै इतिहासको स्मरण गराउँछ, करण केसीको त्यो ४२ रनको अविजित इनिङ्स र त्यसैबाट नेपालले प्राप्त गरेको एकदिवसीय मान्यता ।

आजकै दिन नेपालले क्रिकेट इतिहासमा पहिलो पटक विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसीबाट एकदिवसीय मान्यताको ढोका खोलेको थियो ।

चार वर्षअघि दक्षिण अफ्रिकी देश नामिबियामा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत आफ्नो अन्तिम खेलमा क्यानडामाथि एक विकेटको रोमाञ्चक अनि भाग्यशाली जित निकाल्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता खडा गरेको थियो । उक्त जितका नायक थिए नेपाली टोलीका अलराउन्डर करण केसी ।

यसैकारण नेपाली क्रिकेटमा करणले ‘भ्यालेन्टाइन ब्वाइ’ को उपमा पाए ।

सन् २०१८ को फेब्रुअरी ८ देखि १५ सम्म भएको प्रतियोगितामा नेपाल र आयोजक नामिबियासहित ६ टोलीको सहभागिता थियो ।

लिग चरणको अन्तिम खेलमा क्यानडाविरुद्ध मैदान उत्रनुअघि ४ खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा थियो । क्यानडासँग पराजित भए नेपालका लागि एकदिवसीय मान्यताको ढोका बन्द हुने थियो । क्यानडाको अवस्था पनि ठ्याक्कै नेपालकै जस्तो पराजित भए एकदिवसीय मान्यता नपाइने ।

आइसिसीले प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीलाई मान्यता प्रदान गर्ने थियो । र, नेपालले क्यानडासँग हारे तेस्रो स्थानमा चित्त बुझाउनुपर्ने समीकरण थियो ।

नामिबियाको वन्डरर्स क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्यो ।

ब्याटिङको निम्तो पाएको क्यानडाका ओपनर श्रीमन्था विजयरत्नेले एक सय तीन रनको शतकीय इनिङ्स खेलेपछि नेपालसामु ८ विकेट गुमाएर एक सय ९४ रनको योगफल खडा गरेको थियो ।

एक सय ९५ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको नेपालले एक सय ४४ रन जोड्दा नौ विकेट गुमायो । क्रिजमा बाँकी थिए करण केसी । बलिङमा आफ्नो बेग्लै पहिचान बनाइसकेका करणले ब्याटिङमा भने खासै प्रभाव जमाउन सकेका थिएनन् । नेपालका लागि ११औं नम्बरमा ब्याटिङ गर्न उत्रिए सन्दीप लामिछाने । लेग स्पिनर सन्दीप बलिङमा उत्कृष्ट गुगलीका लागि चर्चित थिए । तर, उनको ब्याटबाट भने टोलीको खातामा मुश्किलले एक-दुई रन थपिन्थ्यो ।

यसैकारण, नेपाली समर्थकलाई नेपालको जित र एकदिवसीय मान्यता आकासको फलजस्तो लाग्न थालिसकेको थियो ।

अन्तिम विकेट, तर जितका लागि अझै ५१ रन आवश्यक । विश्व क्रिकेटमै अन्तिम विकेटका लागि अर्धशतकीय साझेदारी गर्नुलाई असम्भव प्रायः मानिन्छ ।

तर, सन्दीप र करणले अविश्वसनीय साझेदारी गरे । जसमा नायक बने करण केसी । करणले ३१ बलमा तीन चौका र चार छक्कासहित ४२ रनको अविजित इनिङस खेल्दै नेपालको एकदिवसीय मान्यताको ढोका खोले । करणलाई क्रिजको अर्को तर्फबाट सन्दीपले गजबको साथ दिएपछि टोलीले क्यानडामाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै समर्थकलाई भ्यालेन्टाइन डेमा प्रिय उपहार दियो । सन्दीपले १८ बलमा पाँच रन जोडे ।

अन्तिम ओभरमा करणको सनसनी

करण र सन्दीपले ४९ ओभरको समाप्तिसम्म ४२ रनको साझेदारी गर्दा नेपालको खातामा एक सय ८७ रन थियो ।

अन्तिम ओभर, जितका लागि ८ रन आवश्यक । बलिङका लागि क्यानडाका कप्तान नितिश कुमारले सेसिल परवेजलाई बल थमाउँदा ब्याटिङका लागि विकेटअघि थिए करण ।

पहिलो बल डट, जितका लागि ५ बलमा ८ रन । यसपछिका लगातार तीन बल डट, अब जितका लागि २ बलमा ८ रन ।

पाँचौं बलमा करणले छक्का प्रहार गर्दै नेपाललाई जितको आस देखाए । तर, खेल अझै सकिएको थिएन । अन्तिम बलमा अझै २ रन आवश्यक थियो ।

अन्तिम बल परवेजले वाइड फ्याँकेपछि नेपालले जितका लागि एक रन बनाउनुपर्ने भयो । जसमा करणले सहजै रन पूरा गरे र नेपालले अप्रत्याशित जित निकाल्यो । जितसँगै नेपाल सन् २०१९ को विश्वकप छनोटका लागि समेत छानिएको थियो । जुन जिम्बावेमा सन् २०१८ को मार्च चारदेखि २५ सम्म चलेको थियो ।

करणले ‘भ्यालेन्टाइन ब्वाइ’ को उपमा

फेब्रुअरी १४ मै नेपाललाई अविश्वनीय जित दिलाएका कारण करणले नेपाली क्रिकेट समर्थकहरुबाट ‘भ्यालेन्टाइन ब्वाइ’ को उपनाम पाए । र, हरेक ‘भ्यालेन्टाइन डे’ मा नेपाली समर्थकहरुले भ्यालेन्टाइन ब्वाइका रुपमा उनलाई स्मरण गर्ने गर्छन् ।

संयोग, यसपालिको ‘भ्यालेन्टाइन डे’मा पनि करण अर्को लक्ष्यसहित नेपाली राष्ट्रिय टोलीसँगै ओमानमा छन् । नेपाललाई ट्वान्टी २० विश्वकपलाई छनोट गराउने जिम्मेवारी करण र उनका टिम सहयात्रीमा छ । यसपालिको ‘भ्यालेन्टाइन डे’ मा पनि करणलाई समर्थकको शुभकामना छ, ‘चार वर्षअघिकै जस्तो प्रदर्शन होस् ।’