पाकिस्तान-अस्ट्रेलिया श्रृंखला

पाकिस्तान भ्रमणका लागि अस्ट्रेलियन टोलीको घोषणा

क्यानबेरा । अर्को महिना पाकिस्तान भ्रमणका लागि अस्ट्रेलियाले १८ सदस्यीय क्रिकेट टोलीका घोषणा गरेको छ ।

अस्ट्रेलियाले अर्को महिनाको घरेलु टोली पाकिस्तानविरुद्ध तीन टेस्ट, तीन एकदिवसीय र एक ट्वान्टी २० खेलको शृंखला खेल्ने तालिका छ ।

अस्ट्रेलियाले २४ वर्षपछि पाकिस्तानविरुद्ध उसैको घरेलु मैदानमा क्रिकेट शृंखला खेल्न लागेको हो । अस्ट्रेलियाले पछिल्लो पटक सन् १९९८ मा पाकिस्तानको मैदानमा शृंखला खेलेको थियो ।

मार्च चार गतेदेखि सुरु हुने शृंखला अप्रिल पाँचमा हुने ट्वान्टी २० खेलपछि समाप्त हुनेछ ।

अस्ट्रेलियाको टोलीः प्याट कुमिन्स, एस्टोन अगर, स्कट बोल्यान्ड, एलेक्स क्यारी, क्यमेरोन ग्रीन, मार्कुस ह्यारी, जोस हेजलउड, ट्राभिस हेड, जोस इङ्लिस, उस्मान ख्वाजा, मार्नुस लाबुस्चेन्ज, नाथन लायन, मिचेल मार्स, मिचेल नेसेर, स्टिभ स्मिथ, मिचेल स्टार्क, मिचेल स्वेपसन र डेभिड वार्नर