जियानलुइजी बुफोन

बुफोन ५०० क्लिन सिट राख्ने पहिलो गोलकिपर

रोम । इटालीका भेट्रान गोलकिपर जियानलुइजी बुफोन फुटबल इतिहासमा पाँच सय क्लिन सिट राख्ने पहिलो खेलाडी बनेका छन् ।

४१ वर्षीय बुफोन हाल इटालियन बी डिभिजनको क्लब प्रामाबाट व्यवसायिक फुटबल खेलिरहेका छन् । प्रामाले लिगमा बेनेभेन्तोसँग गोलरहित बराबरी खेलेसँगै बुफोन फुटबल इतिहासको पाँच सय खेलमा क्लिन सिट राख्ने पहिलो गोलकिपर बनेका हुन् ।

बुफोनले युभेन्टसमा तीन सय २२ खेलमा क्लिन सिट राखे । त्यस्तै बुफोनले  प्रामाबाट खेलेका ९२, इटालीको राष्ट्रिय टोलीको ७७ र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) बाट खेलेको नौं खेलमा बलले गोलको लाइक काट्न सकेन ।

बुफोनले कुल ६ सय ५३ खेल खेलेका छन् । जसमा बुफोनले एक सय ५३ खेलमा मात्र गोल बेहोरेका छन् । बुफोन सिरी ‘ए’ सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले हालसम्म २७ व्यवसायिक उपाधि चुमेका छन् । इटालीले सन् २००६ को विश्वकप जित्दा बुफोन प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बनेका थिए ।