एसेस टेस्ट शृंखला

जोनी बेयरस्टो र जेम्स एन्डरसन बाहिरिए

लन्डन  । अस्ट्रेलियासँगको एसेस शृंखलाको पहिलो टेष्टबाट इङ्ल्यान्डका ब्याटर जोनी बेयरस्टो बाहिरिएका छन् ।  

गत साता प्रशिक्षण खेलमा इङ्ल्यान्ड लाइन्सविरुद्धको खेलदेखि संघर्षरत ३२ वर्षीय बेयरस्टोको स्थानमा ओले पोपले टाेलीमा स्थान पक्का गरे ।

यस्तै मंगलबारै इङ्ल्यान्ड क्रिकेट संघले तिव्र गतिका बलर जेम्स एन्डरसन पनि पहिलो टेष्ट टोलीमा नरहने पुष्टि गरेको थियो ।

इङ्ल्यान्डको टोलीमा स्पिनर ज्याक लेचसँगै जुलाईदेखि मैदान बाहिर रहेका बेन स्टोक्सले पुनरागमन गरेका छन् ।

एसेस शृंखलाअन्तर्गत अस्टे«लिया र इङ्ल्यान्डबिचको पहिलो टेष्ट ब्रिसबनमा बुधबारदेखि सुरु हुँदैछ ।

अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्ध घरेलु मैदानमा पछिल्लो १० टेष्ट शृंखलामध्ये नौं मा जित निकालेको छ । दुई टोलीबिचको एक शृंखला भने बराबरीमा सकिएको थियो ।