आसिफ शेख

अन्तर्राष्ट्रिय ट्वान्टी २० मा आसिफको हजार रन पूरा

काठमाडौं । नेपालका ओपनर आसिफ शेखले अन्तर्राष्ट्रिय ट्वान्टी २० मा १ हजार रन पूरा गरेका छन् ।

एसिसी प्रिमियर कप अन्तर्गत सोमबार हङकङसँगको खेलमा आसिफले यो उपलब्धी हासिल गरेका हुन् । हङकङविरुद्ध आसिफले १८ बलमा सामन तीन चौका र छक्काको मद्दतले ४० रन बनाए ।

आसिफले ४१ खेलमा पाँच अर्धशतकको मद्दतले १००८ रन बनाएका छन् । उनी यो उपलब्धी हासिल गर्ने चौथो नेपाली खेलाडी हुन् ।

यसअघि दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेलले  अन्तर्राष्ट्रिय ट्वान्टी २० मा १ हजार रन पूरा गरेका थिए । दीपेन्द्रले १५६०, कुशलले १०८१ र रोहितले १०६६ रन बनाएका छन् ।