एसिसी प्रिमियर कप

हङकङले दियो नेपाललाई ११५ रनको लक्ष्य

काठमाडौं । एसिसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगितामा हङकङले नेपालसामू १५१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १७.५ ओभरमा सबै विकेट गुमाउँदै ११४ रनको योगफल तयार पार्यो ।

वर्षाका कारण समयमै टस हुन नसकेपछि खेललाई १८ ओभरमा झारिएको थियो । हङकङका लागि अन्शुमन रथले ३४, जिसन अलीले १४, कप्तान निजाकत खानले १२ र एहसान खानले ११ रन बनाए ।

नेपालका अविनाश बोहराले तीन, ललितनाराण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई तथा करण केसीले एक विकेट लिए । 

लगातार तेस्रो जित निकाल्दै नेपाल समूह ‘ए’ बाट एक खेल अगावै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा छ । यसअघि नेपालले मलेसियालाई पाँच विकेट तथा कतारलाई ३२ रनले पराजित गरेको थियो ।

यता हङकङ पनि दोस्रो जितको खोजीमा छ । यसअघि कतारलाई २६ रनले पराजित गरेको हङकङ साउदी अरेबियासाँग ५५ रनले पराजित भएको थियो ।