एसिसी प्रिमियर कप

हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । एसिसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगितामा नेपालले हङकङविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिए । 

वर्षाका कारण खेल करिब एक घण्टापछि सुरु भएको हो । खेललाई १८ ओभरमा झारिएको छ । 

लगातार तेस्रो जित निकाल्दै नेपाल समूह ‘ए’ बाट एक खेल अगावै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा छ । यसअघि नेपालले मलेसियालाई पाँच विकेट तथा कतारलाई ३२ रनले पराजित गरेको थियो ।

यता हङकङ पनि दोस्रो जितको खोजीमा छ । यसअघि कतारलाई २६ रनले पराजित गरेको हङकङ साउदी अरेबियासाँग ५५ रनले पराजित भएको थियो ।