एसिसी प्रिमियर कप

वर्षाका करण नेपाल र हङकङबीचको खेलमा ढिलाइ

काठमाडौं । एसिसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित बनेको छ ।

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा  बिहान ११ः४५ बजे सुरु हुनुपर्ने खेलमा टस समेत हुन सकेको छैन ।

लगातार तेस्रो जित निकाल्दै नेपाल समूह ‘ए’ बाट एक खेल अगावै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा छ । यसअघि नेपालले मलेसियालाई पाँच विकेट तथा कतारलाई ३२ रनले पराजित गरेको थियो ।

यता हङकङ पनि दोस्रो जितको खोजीमा छ । यसअघि कतारलाई २६ रनले पराजित गरेको हङकङ साउदी अरेबियासाँग ५५ रनले पराजित भएको थियो ।