इन्डियन प्रिमियर लिग

बेङ्लोर र हैदराबाद भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आएपिएल) को १७औँ संस्करणमा सोमबार रोयल च्यालेन्जर्स बेङ्लोरले सनराइजर्स हैदराबादको सामना गर्दैछ ।

खेल बेङ्लोरस्थित एम चिन्नास्वामी किक्रेट मैदानमा नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।

जारी सिजनमा यो बेङ्लोरको सातौं तथा हैदराबादको छैटौं खेल हो । बेङ्लोरले सयअघिका ६ खेलमा पाँच हार र एक जितको नतिजा निकालेको छ । यता हैदराबादले पाँच खेलमा तीन जित निकाल्दा र दुई हार ब्यहोरेको छ ।

बेङ्लोर फाफ डुप्लेसिस र हैदराबाद प्याट कमिन्सको कप्तानीमा मैदान उत्रिनेछन् ।

बेङ्लोरलाई विराट कोहली, मोहम्मद सिराज, विल ज्याक्स जस्ता खेलाडीको साथ रहनेछ । हैदराबाद ट्राभिस हेड, हेनरिक क्लासेन, भुवनेश्वर कुमार जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

आइपिएलमा हालसम्म यी दुई टोलीबि  २३ खेल भएको छ । जसमा  हैदराबादले १२ र बेङ्लोरले १० खेल आफ्नो पक्षमा पारेका छन् । एक खेल भने नतिजाविहिन बनेको छ ।