इन्डियन प्रिमियर लिग

चेन्नईले मुम्बईलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई २० रनले हराएको छ । आईपिएलको २९ खेल वानखेडे रंगशालामा हुँदा मथिशा पाथिरानाले सानदार प्रदर्शन गरेका थिए ।

पाथिरानाले २८ रन खर्चिएर चार विकेट लिएपछि चेन्नई जित निकाल्न सफल भयो । यता, रोहित शर्माको सतक बने छायाँमा पर्याे ।

सुरुवाती ब्याटिङ गर्दै चेन्नईले चार विकेट गुमाएर दुई सय ७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा मुम्बईले ६ विकेट गुमाउँदै एक सय ८६ रन मात्र बनायो ।

मुम्बईको इनिङ्समा ओपनर रोहितले अविजित एक सय ५ रन बनाए । उनले ६३ बलमा ११ चौका र एक छक्का हिर्काएका थिए । तिलक बर्माले ३१ र इशान किशनले २३ रन बनाउनु बाहेक अन्य खेलाडीले ठूलो स्कोर जोड्न सकेनन् ।

पथिरानाले शीर्ष क्रमका ब्याटरको विकेट लिएपछि मुम्बईको ब्याटिङ धरासायी भयो । पहिलो विकेटको लागि रोहित र किशनबीच ४३ बलमा ७० रनको साझेदारी भएको हो ।

यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईको लागि दुई खेलाडीले अर्धसतक बनाए । कप्तान ऋतुराज गैकवार्डले ४०  बलमा ६९ रन बनाए । शिभम दुबेले ३८ बलमा अविजित ६६ रन बनाएका हुन् ।

महेन्द्रसिंह धोनीले चार बलमा २० रन जोडे । रचिन रविन्द्रले २१ रनको योगदान गरेका हुन् । दुबे र गैकवार्डले ४५ बलमा ९० रनको साझेदारी गरेका थिए ।

चौथो जितपछि ६ खेलबाट आठ अंक जोडेको चेन्नई तेस्रो स्थानमा उक्लिएको छ । ६ खेलबाट मात्र चार अंक जोडेको मुम्बई आठौं स्थानमा छ ।