इन्डियन प्रियिमर लिग

पन्जाबका कप्तान धवनले कम्तीमा पनि दुई खेल गुमाउने

काठमाडौं । इन्डियन प्रियिमर लिग (आइपिएल) टोली पन्जाब किंग्सका कप्तान शिखर धवनले कम्तीमा पनि थप दुई खेल गुमाउने भएका छन् ।

चोटका कारण धवन शनिबार भएको राजस्थान रोयल्सविरुद्धको खेल पनि गुमाएका थिए । उनको काँधमा चोट लागेको बताइएको छ ।

यससँगै धवन बिहीबार हुने मुम्बई इन्डियन्स र अर्को आइतबार हुने गुजरात टाइटन्सविरुद्धको खेल गुमाउने पक्का भएको छ। धवनको अनुपस्थितीमा साम करनले टोलीको कप्तानी सम्हाल्नेछन् ।  

पन्जाब ६ खेलमा दुई जित र चार हारको नतिजासहित चार अंकका साथ आठौं स्थानमा छ ।