ट्वान्टी २० शृंखला

आयरल्यान्ड ‘ए’ विरुद्ध फिल्डिङ गर्दै नेपाल ‘ए’

काठमाडौं । घरेलु टोली नेपाल ‘ए’ ले ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध पहिला फिल्डङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित  त्रिवि क्रिकेट मैदानमा नेपाल ‘ए’ का कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिए ।  

नेपाल आजको खेल जित्दै शृंखला बराबरी गर्ने लक्ष्यमा छ । यता आयरल्यान्ड एक खेल अगावै शृंखला जित्न चाहन्छ ।

शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले पराजित भएको थियो । 

नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । पवन सराफ र विपिन खत्रीले मौका पाउँदा हेमन्त धामी र अर्जुन घर्ती बेन्चमा छन् ।
नेपाली टोली

विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, सराफ, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमलसिंह ऐरी, विपिन खत्री