फर्कंदा अनिल झन् बबाल

काठमाडौं । क्यानडाविरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट शृंखलामार्फत करिब दुई वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका अनिलकुमार साहको प्रदर्शन तारिफयोग्य रह्यो ।

त्यसैले त कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप लिग-२ का लागि उनलाई राष्ट्रि टोलीमा समेट्न मुख्य प्रशिक्षक मोन्टी देसाइ बाध्य भए । नेपालले नेदरल्यान्ड्स र नामिबियासँग लिग-२ को सुरुआती शृंखला खेलिरहेको छ । पहिलो खेलमा नेपालले नामिबियासँगको खेल  चार विकेटले गुमाएको थियो ।

पछिल्लो पटक दुई वर्षअघि मात्र उनी राष्ट्रिय टोलीका लागि खेलेका थिए । तर, उनको प्रदर्शन सम्झनायोग्य रहेन । जसका कारण उनी राष्ट्रिय क्रिकेट टोलीबाट बाहिरिए ।

क्यानडासँगको शृंखलाअघि विश्वकप लिग-२ को घोषित टोलीमा अनिल वैकल्पिक खेलाडीमा रहेका थिए ।

क्यानडाविरुद्धको दोस्रो खेलमा मौका पाएका अनिलले अर्धशतक प्रहार गरे। अनिलले तेस्रो तथा अन्तिम खेलमा शतक नै बनाए । यसपल्ट अनिलले आफूले पाएको मौका भरपूर उपयोग गरे ।

पछिल्लो पटक दुई वर्षअघि मात्र उनी राष्ट्रिय टोलीका लागि खेलेका थिए । तर, उनको प्रदर्शन सम्झनायोग्य रहेन । जसका कारण उनी राष्ट्रिय क्रिकेट टोलीबाट बाहिरिए । खेल करियरमा अनिल दोस्रो पटक यसरी राष्ट्रिय टोलीबाट बाहिरिनुपरेको थियो  ।

त्यसअघि सन् २०१८ अगस्ट १ मा नेदरल्यान्ड्ससँगको शृंखलामा पनि राम्रो प्रदर्शन गर्न नसकेपछि अनिल राष्ट्रिय टोलीबाट बाहिरिनुपरेको थियो । यो उनको अन्तर्राष्ट्रिय डेब्यू खेल थियो । शृंखलाका दुवै खेलमा मौका पाए पनि उनले २१ र चार रनमात्र बनाउन सके ।

पहिलो पटक राष्ट्रिय टोलीबाट बाहिरिएपछि अनिललाई पुनरागमन गर्न चार वर्ष कुर्नुपरेको थियो । सन् २०२२ मार्चमा पपुवा न्युगिनीविरुद्ध दुई खेल खेल्ने मौका पाए पनि उनले फेरि आफूलाई प्रमाणित गर्न सकेनन् ।

 क्यानडाविरुद्धको तेस्रो खेलपछि पत्रकारले उनलाई यति चाँडै राष्ट्रिय टिममा फर्किन्छु भन्ने सोच्नुभएको थियो ? भन्ने प्रश्नमा अनिलले गहकिलो जवाफ फर्काएका थिए ।

त्यतिबेला उनी ६ र एक रनमै पेभिलियन फर्किएका थिए । र, राष्ट्रिय टोलीबाट बाहिरिनुपरेको थियो । जसले उनलाई दोस्रो पटक निराश बनाएको थियो । र, राष्ट्रिय टोलीबाट बाहिरिनुपरेको थियो । सायद उनको जीवनकै निराश क्षण थियो ! तर जब दुई वर्षपछि राष्ट्रिय टोलीमा फर्किने मौका पाए, उनको प्रदर्शन उच्च रह्यो । यसपालि भने उनले राष्ट्रिय टोलीबाट खेल्न आफूमा कस्तो भोक छ भन्ने देखाएका छन् ।

गत सोमबार क्यानडाविरुद्धको तेस्रो खेलपछि पत्रकारले उनलाई यति चाँडै राष्ट्रिय टिममा फर्किन्छु भन्ने सोच्नुभएको थियो ? भन्ने प्रश्नमा अनिलले गहकिलो जवाफ फर्काएका थिए ।

‘छिटो ? पाँच वर्षमा मात्र दुई खेल खेलेको थिएँ मैले । त्यो पनि घाइते भएका बेला । धेरै जनालाई यो थाहा पनि थिएन होला । तर, मैले खेलें । सक्छु जस्तो लागेको थियो, सकिनँ । छिटोभन्दा पनि पुनरागमन गर्न सकेकोमा खुसी छु । अब यो मौका पूरा सदुपयोग गर्नुपर्छ,’ अनिलले भनेका थिए ।

अनिलले भीमसँग दोस्रो विकेटका लागि कीर्तिमानी १८९ रनको अविजित साझेदारी गर्दै नेपाललाई जित दिलाएका थिए । 

राष्ट्रिय टोलीमा पुनरागमन गरेको खेलमै उनले कीर्तिमान बनाए । उनी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम (१९ बल) बलमा अर्धशतक प्रहार गर्ने खेलाडी बने । उक्त खेलमा अनिल २० बलमा सात चौका र तीन छक्काको सहयोगमा ५० रन बनाएर आउट भएका थिए ।

उनले गत वर्ष ओपनर आसिफ शेखले  पपुवा न्युगिनी (पिएनजी) विरुद्ध कायम गरेको २१ बलको कीर्तिमान तोडेका हुन् । 

क्यानडाविरुद्धको शृंखलाको तेस्रो तथा अन्तिम खेलमा त अनिलले शतक नै प्रहार गरे । करिअरको पहिलो शतक प्रहार गरेको खेलमा अनिल १२३ बलमा १२ चौका र दुई छक्काप्रेरित ११२ रनमा अविजित रहेका थिए ।

अनिलले भीमसँग दोस्रो विकेटका लागि कीर्तिमानी १८९ रनको अविजित साझेदारी गर्दै नेपाललाई जित दिलाएका थिए । अनिल र भीमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी बनाएका हुन् । यो जोडीले यसअघि सन् २०२३ मा हरारेमा जिम्बावेविरुद्ध ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले बनाएको १७१ रनको साझेदारी तोडेका हुन् । उक्त खेलमा भीमले ११ चौका र  एक छक्का मद्दतमा अविजित १०१ रन बनाएका थिए ।

खेलपछि अनिलले शतक प्रहार गर्दा खुसी लागे पनि अझै धेरै गर्न बाँकी रहेको बताएका थिए ।  ‘बलअनुसार खेल्ने रणनीति थियो । शतक त्यही सकियो । अरू पनि खेल बाँकी छ,’ अनिलले भने, ‘सन्तुष्टभन्दा पनि खुसी छु । अझै पुगेको छैन । एक ब्याटरको रूपमा हामीले जति खेलेका छौं, सधैं रन नै चाहिन्छ ।’

प्रधानमन्त्री कपका उत्कृष्ट  


अनिलले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा राष्ट्रिय टोलीमा स्थान बनाएका थिए ।

प्रतियोगिताको उत्कृष्ट ब्याटर चुनिएका अनिल शाहले एक शतक बनाएका थिए । उनी प्रधानमन्त्री कपमा सार्वधिक रन बनाउने खेलाडी हुन् । उनले गण्डकी प्रदेशमाथि १४५ रनको फराकिलो जित निकाल्दा शतक बनाएका थिए । अनिलले गण्डकीविरुद्ध १२७ रनको इनिङ्स खेले ।

बागमतीका आशुतोष घिरैयाको कीर्तिमान तोड्नेक्रममा अनिलले १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गरेका थिए । अनिलको यो प्रतियोगितामा पहिलो शतक हो । समग्रमा प्रधानमन्त्री कपको यो नवौं शतक थियो ।

राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीलाई पछि पार्दै अनिल प्रतियोगितामा सर्वाधिक रन (३८६) बनाउन सफल भए । यसक्रममा उनले एक शतक र दुई अर्धशतक प्रहार गरेका थिए ।