ट्वान्टी २० शृंखला

आयरल्यान्ड ‘ए’ ले दियो नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ‘ए’ ले ट्वान्टी २० शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ सामू २२३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२२ रनको योगफल तयार पार्यो ।

आयरल्यान्डका लागि पिटर मोरले ३२ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ४९ रनको योगदान गरे । यसैगरी  कप्तान नील रकले ३८ र काडे कारमाइकलले समान ३८, स्टेफन डोहिनीले ३४ गारेथ डेलानीले अविजित ३० र गाभिन होयले अविजित १८ रन बनाए ।

दोस्रो विकेटका लागि मो र कारमाइकलले ८८ रनको साझेदारी गरे । नेपाल ‘ए’ का लागि कमलसिंह ऐरीले तीन तथा सागर ढकाल र आरिफ शेखले समान एक विकेट लिए ।