ट्वान्टी २० शृंखला

आयरल्यान्ड ‘ए’ विरुद्ध फिल्डिङ गर्दै नेपाल ‘ए’

काठमाडौं । घरेलु टोली नेपाल ‘ए’ ले ट्वान्टी २० शृंखलाको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध पहिला फिल्डङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ‘ए’ का कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिए ।  

दुवै टोली जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा छन् ।

नेपाली टोली

विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी, हेमन्त धामी