सारा ग्लेन

ग्लेनले थप तीन खेल गुमाउने

काठमाडौं । इङ्ल्यान्डकी स्पिनर सारा ग्लेनले आफ्नो टोलीको न्युजिल्यान्ड भ्रमणको थप तीन तीन खेल गुमाउने भएकी छन् ।

न्युजिल्यान्डविरुद्ध ट्वान्टी २० शृंखलाको तेस्रो खेलमा क्याचका लागि डाइभ गर्दा ग्लनेलाई चोट लागेको थियो । जसका कारण उनले चौथो खेल पनि गुमाएकी थिइन् ।

उनले शृंखलाका तीन खेलमा तीन विकेट लिएकी छन् । ट्वान्टी २० शृंखलमा इङ्ल्यान्ड ३-१ ले अगाडि छ ।

ग्लेनले ट्वान्टी २० शृंखलाको पाँचौं तथा अन्तिम खेलका साथै एकदिवसीय शृंखलाको सुरुआती दुई खेल गुमाउने भएकी छन् ।

ट्वान्टी २० शृंखलाको अन्तिम खेल शुक्रबार हुनेछ । यसैगरी एकदिवसीय शृंखलाको सुरुआती दुई खेल अप्रिल १ र ४ मा हुनेछन् ।

ग्लेन अप्रिल ७ मा हुने एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलका लागि भने उपलब्ध हुने इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डको आशा छ ।