ट्वान्टी २० शृंखला

नेपाललाई शृंखला जित्ने अवसर

काठमाडौं । ट्वान्टी २० शृंखलाको दोस्रो तथा अन्तिम खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध मंगलबार मैदान उत्रिदाँ नेपालको लक्ष्य शृंखला आफ्नो पक्षमा पर्ने हुनेछ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ। पहिलो खेलमा नेपाल ६ विकेट विजयी भएको थियो।

रोहितकुमार पौडेको कप्तानमा रहेको नेपाललाई कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा ललितनाराण राजवंशी जस्ता खेलाडीको साथ रहनेछ। पहिलो खेलमा कुशलले ३७ रन बनाउनुका साथ दुई विकेट लिएका थिए ।

यता निल रकको कप्तानीमा रहेको आयरल्यान्ड पनि आजको खेल जित्दै शृंखला बराबरी गर्न चाहन्छ। आयरल्यान्ड स्टेफन डोहिनी, गारेथ डेलानी, थोमस मायस जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ।

पहिलो खेलमा डोहिनीले ४६ रन बनाउँदा डेलानीले दुई विकेट लिएका थिए।