इङ्लिस प्रिमियर लिग

आफूमाथिको कारबाहीविरुद्ध नटिङघमको अपिल

काठमाडौं । इङ्लिस प्रिमियर क्लब नटिङ्घम फरेस्ट आफूमाथिको कारबाहीविरुद्धमा अपिल दर्ता गराएको छ ।

गत साता फाइनान्सियल नियम उल्लघंन गरेको आरोपमा लिगले कारबाही स्वरुप नटिङघम फरेस्टको चार अंक घटाएको थियो।

सन् २०२३ मा लिगको प्रोफिट एन्ड सस्टेनेबिलिटी नियमविपरित क्लबले जुन ३०पछि २२ वर्षीय विंगर ब्रेनान जोन्सनलाई ६ करोड डलरमा टोटनहमलाई बेचेको थियो। सोही विषयमा नटिङघम अनुसन्धान हुँदै आएको थियो।

कारबाहीसँगै नटिङघम रेलिगेशन क्षेत्रमा धकेलिएको छ। २९ खेलबाट ६ जित र ७ बराबरीबाट नटिङघमले २५ अंक जोडेको थियो। कारबाहीपछि २१ अंक हुँदा क्लब १८औं स्थानमा झरेको छ।

नटिङघम कारबाहीमा परेसँगै लुटन टाउनले भने राहत पाएको छ। २२ अंक जोडेको लुटन रेलिगेशन जोन छाड्दै १७औँ स्थानमा उक्लिएको छ।

यसअघि कारबाही स्वरुप एभर्टनको पनि ६ अंक घटाइएको थियो ।