नेपाल-बहराइन

कमजोर मानसिकता लिएर बहराइनविरुद्ध खेल्दै नेपाल

काठमाडौं । फिफा र एएफसीको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको चौंथो खेलमा नेपालले मंगलबार (आज) बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । खेल बहराइन राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार मध्यरात १२ः४५ बजे सुरु हुनेछ । मंगलबार जित निकाल्न नसके दुई खेल अगावै नेपालको विश्वकप र एसिया कप छनोटको यात्रा समाप्त हुनेछ ।

नेपालले पहिलो चरणमा लाओसलाई संयुक्त रुपमा २–१ ले हराएउँदै दोस्रो चरणमा स्थान बनाएको थियो । नेपाल दोस्रो चरणको पहिलो खेलमा युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो ।

भयो ठीक उल्टो । कुनै पनि समय नेपाल बहराइनमाथि हावी हुन सकेन । सुरुआती समय देखि नै नर्भस देखिएको नेपालले ९ मिनेट भित्र नै दुई गोल खाएको थियो ।

बिहीबार दोस्रो चरणको तेस्रो खेलमा नेपालले बहराइनसँग ५–० को फराकिलो हार बेहोर्यो । सुरुआती हाफमा तीन गोल खाएको नेपालले दोस्रो हाफमा दुई गोल खाएको हो ।

त्यसो त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले खेलअघि बलियो टोलीविरुद्ध आश्चर्यजनक प्रदर्शनको अपेक्षा रहेको बताएका थिए । उनले भनेका थिए,‘युवा टोली भएपनि मलाई खेलाडीप्रति विश्वास छ । खेलाडीहरु बहराइनविरुद्ध खेल्न तयार छन् । आश्चर्यजनक प्रदर्शन गर्नेछौं ।’ तर, भयो ठीक उल्टो । कुनै पनि समय नेपाल बहराइनमाथि हावी हुन सकेन । सुरुआती समय देखि नै नर्भस देखिएको नेपालले ९ मिनेट भित्र नै दुई गोल खाएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा थप एक गोल खाएको नेपालले दोस्रो हाफको अन्तिम मिनेटसम्म बहराइनलाई गोल गर्न दिएन । तर, अन्त्यमा कमजोरी रक्षापंक्तिको फाइदा उठाउँदै बहराइनले दुई गोल थप्यो । जसमध्ये अन्तिम गोल सेटपिसमा गरेको थियो । पेनाल्टी बक्सभित्र बहराइनका मिडफिल्डर इब्राहिम अल्खतललाई नेपाली मिडफिल्डर लाकेन लिम्बुले लडाएपछि बहराइनले पेनाल्टी पाएको थियो ।

नेपालले यसरी लज्जास्पद हार बेहोर्नुका पछाडि धेरै कारणहरु थिए । खेल बहराइन राष्ट्रिय रंगशाला रिफामा भएको थियो । खास यो खेल नेपालले दशरथ रंगशालामा हुनुपर्ने खेल थियो । तर, मैदानको खराब अवस्थाका कारण खेल विपक्षी मैदानमा भएको हो । टोलीले समर्थकबीच आफ्नै मैदानमा खेल्न पाउनुको फाइदा लिन पाएनन् । जसको प्रत्यक्ष असर नतिजामा पर्यो ।

अभिषेक बाहेक एनेसले थप तीन खेलाडीलाई डेब्युको अवसर दिए । रक्षक सौभाग्य राई र फरवार्डद्वय समीर तामाङ र सन्जिव विष्टले पहिलो पटक देशका लागि खेले । बहराइनसँग खेल्नुअघि नौ खेलाडीसँग अन्तर्राष्ट्रिय खेलको अनुभव थिएन ।

अर्को कुरा, टोली मानसिक रुपमा पनि कमजोर देखियो । टोली, अनुभवी रक्षक रोहित चन्द विना बहराइन प्रस्थान गरेको थियो । पारिवारिक समस्याका कारण रोहित खेलमा उपस्थित नहुँदा टोलीमा नेतृत्वको कमि देखियो । एनेसले रोहितको ठाउँमा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका अभिषेक लिम्बुलाई मौका दिएका थिए । उनले पूरा समय मैदानमा बिताए ।

अभिषेक बाहेक एनेसले थप तीन खेलाडीलाई डेब्युको अवसर दिए । रक्षक सौभाग्य राई र फरवार्डद्वय समीर तामाङ र सन्जिव विष्टले पहिलो पटक देशका लागि खेले । बहराइनसँग खेल्नुअघि नौ खेलाडीसँग अन्तर्राष्ट्रिय खेलको अनुभव थिएन । भलै एनेसले युवा जोशको कुरा गरे, टोलीमा अनुभवको कमि छरपस्ट देखिन्थ्यो ।

पहिलो खेलमा बेहोरेको लज्जास्पद हारले नेपालको सम्भावना न्यून बनेको छ । मंगलबार पनि सकरात्मक नतिजाको अपेक्षा गर्न गाह्रो छ । एसियामा नेपाल सबैभन्दा कमजोर टोलीको सुचीमा १२औं स्थानमा छ ।  नेपाल हाल फिफा वरियताको १७५औं स्थानमा छ । उता बहराइन एसियाको सबैभन्दा बलियो टोलीको सुचीमा १२औं स्थानमा छ । हाल उसको फिफा वरियता ८२ रहेको छ ।

लगातार तेस्रो खेलमा नेपालले गोल त के राम्रो अवसर पनि सृजना गर्न सकेको छैन । बहराइनले भने विपक्षी पोस्टमा सात गोल गरेको छ । बिहीबार नेपालसँग खेल्नुअघि बहराइनले एसियन पावरहाउस जापानसँग खेलेको थियो । अवसर थियो, एएफसी एसियन कपको अन्तिम १६ को खेल ।

नेपालले अहिलेसम्म एसिया कप छनोटको तेस्रो चरणमा स्थान बनाउन सकेको छैन । यसपालिको अवस्था पनि त्यस्तै छ । उता बहराइन भने ऐतिहासिक पहिलो पटक विश्वकप खेल्ने लक्ष्यमा छ  ।

ऐतिहासिक पहिलो पटक एसियन कपको नकआउट खेल खेलेको बहराइनले जापानविरुद्ध एक गोल समेत गरेको थियो । तर, टोली ३–१ गोल अन्तरले पराजित भयो । जापानअघि बहराइनले समूह चरणमा अर्को बलियो टोली जोर्डनलाई हराएको थियो । जोर्डन त्यही टोली हो जसले पछि फाइनलसम्मको यात्रा गर्यो ।

नेपालले अहिलेसम्म एसिया कप छनोटको तेस्रो चरणमा स्थान बनाउन सकेको छैन । यसपालिको अवस्था पनि त्यस्तै छ । उता बहराइन भने ऐतिहासिक पहिलो पटक विश्वकप खेल्ने लक्ष्यमा छ  । यसपालि एसिया क्षेत्रबाट आठ टोलीले स्वत छनोट चरणबाट विश्वकप २०२६ मा स्थान बनाउने भएकाले पनि बहराइन आशावादी भएको हो ।

बहराइन हाल ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । मंगलबार युएईले यमनलाई र बहराइनले नेपाललाई हराए तेस्रो चरणमा पुग्ने टोलीको छिनोफानो लगभग पक्का हुनेछ । किनभने, यमन हाल ३ अंकका साथ तेस्रो स्थानमा छ । र माथि भनिए जस्तै नतिजा आएको खण्डमा यमनलाई अर्को चरण जान गाह्रो हुनेछ । फेरि यमनले आफ्नो पहिलो खेलमा बहराइनसँग २–० को हार बेहोरेको थियो, त्यो पनि आफ्नै मैदानमा ।

पछिल्लो खेलमा रोहितलाई मिस गरेको नेपालले अर्का प्रमुख खेलाडी अन्जन विष्टलाई पनि गुमायो । खेलको १६ औं मिनेटमा उनी घाइते हुँदै मैदानबाट बाहिरिएका थिए । लिगामेन्टमा समस्या देखिएका कारण अन्जन दुई देखि तीन हप्ता मैदान बाहिर हुनेछन् । उनको स्थानमा आएका दीनेश हेन्जनलाई एनेसले मंगलबार सुरुआती रोजाइमै खेलाउने अनुमान गर्न सकिन्छ ।