अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला

अस्ट्रेलियालाई एकदिवसीय शृंखला

काठमाडौं । घरेलु टोली बंगलादेशविरुद्धको महिला अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला अस्ट्रेलियाले एक खेल अगावै आफ्नो पक्षमा पारेको छ ।

मिरपुरस्थित शेर बंगाल राष्ट्रिय रंगशालामा आइतबार दोस्रो खेलमा अस्ट्रेलिया ६ विकेटले विजयी भयो । जतसँगै तीन खेलको शृंखलामा अस्ट्रेलियाले २० को अग्रता लिएको छ ।

 बंगलादेशले प्रस्तुत गरेको ९८ रनको लक्ष्य अस्ट्रेलियाले २३.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । अस्ट्रेलियाका लागि एलिस पेरीले अविजित ३५, एश्लेग गार्डनरले अविजित २०, कप्तान एलिस हेलीले १५ र ताहलिया म्याकग्राले १० रन बनाए ।

 बंगलादेशका लागि सुल्तान खातुन राबिया खानले समान एक विमकेट लिए ।

त्यसअघि टस जितेर ब्यााटिङ रोजेको बंगलादेशले ४१.१ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनको योगफल तयार पार्यो । बंगालदेशका लागि नादिया अख्तरले २२, फहिमा खातुनले ११ र ऋतु मोनीले १० रन बनाए ।

अस्ट्रेलियाका लागि सोफी मोलिनेयुक्सले तीन, एश्लेग गार्डनर, एलना किंग र जर्जिया वारेहमले समान दुई तथा मेगन स्कटले एक विकेट लिए ।

पहिलो खेलमा अस्ट्रेलिया ११८ रनले विजयी भएको थियो ।  शृंखलाको तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।