अल हिलाल

राफिन्हामाथि अल हिलालको नजर

काठमाडौं । साउदी प्रो लिग क्लब अल हिलाले ब्राजिलियन विंगर राफिन्हा अनुबन्ध गर्ने इच्छा देखाएको छ ।

अल हिलालले स्पेनिस ला लिगा क्लब बार्सिलोनाबाट राफिन्हा भित्र्याउन चाहेको हो । विभिन्न सञ्चार माध्यममा आएक खबर अनुसार अल हिलाले राफिन्हा अनुबन्धका लाथि १० करोड युरोको प्रस्ताव अगाडि बढाउने तयारी गरिरहेको छ ।

सन् २०२२ मा इङ्लिस प्रिमियर लिगको लिड्स युनाइटेडबाठ बार्सिलोना पुगेका राफिन्हाले ५७ स्पेनिस ला लिगा खेलमा ११ गोल गरेका छन् ।

अल हिलाल स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट अर्जेन्टाइन मिडफिल्डर रोड्रिगो डी पउललाई पनि अनुबन्ध गर्ने प्रयासमा छ ।

राफिन्हा अनुबन्धका लागि प्रिमियर लिग क्लब लिभरपुल, आर्सनल र टोटनहमले पनि चासो देखाइरहेका छन्  ।