नेपाल ‘ए’ टिम

आयरल्यान्डविरुद्ध खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ।  आयरल्यान्ड ‘ए’ सँग हुने शृंखलाका लागि नेपाल ‘ए’ टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विनोद भण्डारीको कप्तानीमा ट्वान्टी २० र एकदिवसीय शृंखला खेल्ने दुई फरक टोलीको घोषणा गरेको हो।

कप्तान विनोदसँगै, आरिफ शेख, देव खनाल, बसिर अहमद, कमलसिंह ऐरी र विकाश आग्रीले दुवै टोलीमा मौका पाएका छन् ।

 नेपाल ‘ए’ ले आयरल्यन्ड ‘ए’सँग चैत १५, १६ र १८ मा ट्वान्टी २० तथा २१, २३ र २५ मा एकदिवसीय खेल खेल्नेछ ।

 

यो शृंखलाअघि नेपालको सिनियर टोली र आयरल्यान्ड ‘ए’ बीच चैत १२ र १३ गते ट्वान्टी २० खेल हुनेछ ।

नेपाल ‘ए’ को ट्वान्टी २० टोली 
विनादे भण्डारी (कप्तान), आरिफ शेख, बसिर अहमद, राशिद खान, पवन सराफ, लोकेश बम, देव खनाल, किरण ठगुन्ना, अर्जुन घर्ती, नारायण जोशी, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धमी विकाश आग्री

एकदिवसीय टोली

विनोद भण्डारी ( कप्तान), आरिफ शेख, देव खनाल ,बसिर अहमद, भीम सार्की, साहब आलम, कमलसिंह ऐरी, अर्जुन कुमाल, विकाश आग्री, नरेन भट्ट, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, श्याम ढकाल (मौसम)