मेजर लिग सकर

इन्टर मियामीको फराकिलो हार

काठमाडौं । इन्टर मियामीले अमेरिकन मेजर लिग सकरमा न्युयोर्क रेड बुल्ससँग ४-० को फराकिलो हार ब्यहोरेको छ ।

घरेलु मैदान रेडबुल एरिनामा शनिबार न्युयोर्क रेड बुल्सलाई जित दिलाउन लेविस मोर्गनले ह्याट्रिक पूरा गरे । एक गोल विकलम्यान कार्मोनाको नाममा रह्यो ।

यो जितसँगै न्युयोर्क पाँच खेलमा १० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित इन्टर मियामीको भने ६ खेलमा समान अंकसहित दोस्रो स्थानमा छ।

खेलको तेस्रो मिनेटमै मोर्गनको गोलमार्फत न्युयोर्कले अग्रता लिएको थियो । ५१औं मिनेटम मोर्गनले नै टोलीको अग्रता दोब्बर बनाए ।

६६औं मिनेटमा कार्मोनाले न्युयोर्कका लागि तेस्रो गोल गरे । चार मिनेटपछि नै मोर्गनले ह्याट्रिक पूरा गर्दै न्युयोर्कलाई  ४-० को फराकिलो जित दिलाएले ।

अर्जेन्टाइन फरवार्ड लियोनल मेसीले भने चोटका कारण यो खेल गुमाएका थिए ।