ह्यारी केन

केनले बेल्जियमविरुद्धको मैत्रीपूर्ण खेल पनि गुमाउने

काठमाडौं । इङ्ल्यान्डका कप्तान ह्यारी केनले  मंगलबार हुने बेल्जियमविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल पनि गुमाउने भएका छन् ।

चोटका कारण केनले शनिबार घरेलु मैदानमै ब्राजिलविरुद्धको खेल गुमाएका थिए । केनको गोलीगाँठामा चोट लागेको बताइएको छ ।

केन बायर्न म्युनिख फर्किइसकेका छन् । यसैगरी ब्राजिलसँगको खेलका क्रममा घाइते भएका रक्षक कायल वार्करले पनि बेल्जियमविरुद्धको खेल गुमाउने सम्भावना छ ।

खेलको २० औं मिनेटमा वाल्करको स्थानमा मैदान छिर्दै एजरी कोन्साले अन्तर्राष्ट्रिय ‘डेब्यू’ गरेका थिए ।