फ्रान्स-जर्मनी

फ्रान्स जर्मनीसँग पराजित

काठमाडौं । मिडफिल्डर टोली क्रुसले तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरामगन गरेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले फ्रान्सलाई २–० ले पराजित गरेको छ ।

शनिबार राति जर्मनीको जितमा क्रुसले सानदार प्रदर्शन गरेका थिए । उनले पहिलो मिनेटमै उपलब्ध गराएको बलमा जर्मनी गोल गर्न सफल भएको थियो ।

क्रुसको पासमा २० वर्षीय फ्लोरिअन विर्टले गोल गरेका हुन् । उनी जर्मनीको तर्फबाट कम समयमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।  ४९औं मिनेटमा काइ हाभार्टसले गोल गर्दै टोलीलाई २–० को जित सुनिश्चित गरेका हुन् । यसपटक जमल मुसियलाले असिस्ट गरेका थिए ।

केलियन एम्बाप्पे, मार्कुस थुराम, औसमाने डेम्बेले, एड्रिअन राविओट जस्ता खेलाडी पनि फ्रान्स गोल फर्काउन सकेन ।

यो जितसँगै जर्मनीले लगातार तीन खेलको हारको अन्त्य गरेको छ ।