इन्डियन प्रिमियर लिग

आइपिएलमा दुई खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको दोस्रो दिन दुई खेल आयोजना हुँदैछन् ।

शनिबार पौने चार बजे सुरू हुने खेलमा पञ्जाव किङ्सले दिल्ली क्यापिटल्सको सामना गर्नेछ । दिल्लीको कप्तानी रिशव पन्त र पञ्जावको शिखर धवनले गर्नेछन् । पन्त कार दुर्घटनापछि पहिलो पटक मैदान उत्रदै छन् ।

दिल्लीको टिममा पन्तसँगै डेविड वार्नर, पृथ्वी शा, मिचल मार्स, अक्षर पटेल, कुलदीप यादव, इशान्त शर्मा लगायत टोलीमा छन् । पञ्जावमा धवनसँगै जोनी ब्रेस्टो, लिआन लिभिङ्टोन, साम करन, कागिसो रवडा, हर्षल पटेल छन् ।

राति पौने आठ बजे सुरू हुने खेलमा कोलकत्ता नाइड राइडर्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ । कोलकत्ताको कप्तानी श्रेयस ऐयर र हैदराबादको प्याट कमिन्स हुनेछन् ।

हैदराबद टोल्ीमा मयंक अग्रवाल, ट्राविस हेड, राहुल त्रिपाठी, ऐडन माक्र्रम, वासिंटन सुन्दर, भुवनेश्वर कुमार हुनेछन् । कोलकत्तामा आन्द्रे रुसेल, रामान्दीप सिंह, सुनिल नारिन, मिचल स्टार्स, हर्षित राना, बरुन चक्रवर्थी छन् ।