ओसन कप यु-१३ राष्ट्रिय फुटबल प्रतियोगिता

ओसन कप यु-१३ फुटबल चैत २८ देखि हुने

सांकेतिक तस्विर

काठमाडौं । द ओसन क्लबको आयोजनामा ओसन कप यु-१३ राष्ट्रिय फुटबल प्रतियोगिताको नवौं संस्करण  चैत २८ देखि बैशाख १ गतेसम्म हुने भएको छ ।

गोरखा नगरपालिका ९ स्थित आयोजकको घाँसे मैदानमा हुने प्रतियोगितामा १२ टोलीले सहभागिता जनाउने छन् ।

चार दिने प्रतियोगितमा द ओसन क्लब (गोरखा), साविक विजेता नव जन जागृति युवा क्लब (बारा) द ओल्ड क्यापिटल मावि (गोरखा), लक्ष्मी सामुदायिक शिक्षा सदन (गोरखा), समाज कल्याण खेलकुद केन्द्र (काठमाडौं), थ्री स्टार क्लब (ललितपुर), वालिङ युनाइटेड (स्याङजा), काकरभित्ता फुटबल ट्रेनिङ सेन्टर (झापा), विराटनगर सिटी फुटबल क्लब (मोरङ), घोडाघोडी फुटबल एकेडेमी (कैलाली), क्यासी स्पोर्टस एकेडेमी (चितवन) र वाल्मिकि शिक्षा सदन (चितवन) ले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा विसं २०६७ बैशाख १ भन्दा पछाडी जन्म भएका खेलाडीहरूको सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताको विजेताले ट्रफी मेडल र प्रमाणपत्रसहित २० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ट्रफी मेडल र प्रमाणपत्रसहित २० हजार रुपैयाँ पाउने छ ।

यसैगरी प्रतियोगितामा उत्कष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ।