इन्डियन प्रिमियर लिग

जाम्पाले आइपिएल गुमाउने

काठमाडौं । अस्ट्रेलियन बलर एडम जाम्पाले इन्डियन प्रिमियर लिग (आइपिएल) बाट आफ्नो नामा फिर्ता लिएका छन् । राजस्थान रोयल्यसले जाम्पालाई १ करोड ५० लाख भारतीय रुपियाँ ( भारु)मा अनुबन्ध गरेको थियो ।

क्रिकइन्फोका अनुसार ३१ वर्षीय जाम्पा व्यक्तिगत कारणले लिग नखेल्ने निर्णय लिएका हुन् । राजस्थाले जाम्पाको स्थानमा अर्को खेलाडीको घोषणा गरेको छैन ।

जाम्पाले गत सिजन राजस्थानका लागि लागि ६ खेलमा आठ विकेट लिएका थिए ।

जाम्पाको अनुपस्थितिसँगै राजस्थानको बलिङ आक्रमण केही कमजोर हुने देखिएको छ । यसअघि नै तिब्र गतिका बलर प्रसिद्ध कृष्णले चोटका कारण आइपिएल गुमाउने पक्का भइसकेको थियो ।

आइपिएलको १७औं संस्करण आज (शुक्रबार) बाट सुरु हुँदैछ । राजस्थानले आइतबार घरेलु मैदानमा लखनऊ सुपरजाइन्ट्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।