अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

पोर्चुगलको सहज जित

काठमाडौं । पोर्चुगलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्विडेनमाथि ५-२ को सहज जित निकालेको छ ।

घरेलु मैदान डोम अल्फन्सो हेनरिक्विस रंगशालामा शुक्रबार बिहान पोर्चुगललाई जित दिलाउन राफेल लियो, म्थाथिसय नुनेस, ब्रुनो फर्नान्डेस, बरुमा र गोल्कालो रामोसले गोल गरे । स्विडेनका लागि भिक्टर ग्योकेरेस र गुस्ताफ निलसनले गोल फर्काए ।

खेलको २४औं मिनेटमा लियोको गोलमार्फत पोर्चुगलले अग्रता लिएको थियो । नौ मिनेटपछि नुनेस टोलीको अग्रता दोब्बर बनाए ।

४५औं मिनेटमा फर्नान्डेसले गोल गर्दा पोर्चुगलले पहिलो हाफमै ३-० को आरमदायी अग्रता बनायो । ५७औं मिनेटमा बरुमाले टोलीका लागि चौथो गोल गरे ।

एक मिनेटपछि नै ग्योकेरेसले गोल गर्दै खेललाई ४-१ को स्थितीमा ल्याए । ६१औं मिनेटमा रामोसले गोल गर्दै पोर्चुगललाई ५-१ ले अगाडि बढाए ।

निर्धारित समयको अन्तिम मिनेटमा निलसनले गोल गरेपछि खेल ५-२ को स्थितीमा सकियो ।