अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

इटालीको रोमाञ्चक जित

काठमाडौं ।  इटालीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भेनेजुएलामाथि २-१ को रोमाञ्चक जित निकालेको छ ।

अमेरिकाको चेस स्टेडियम शुक्रबार बिहान  इटालीलाई जित दिलाउन दुवै गोल माटियो रेटेगुइले गरे । भेनेजुएलाका लागि डार्विन माचिसले एक गोल फर्काए ।

खेलको तेस्रो मिनेटमै सालोमन रोन्डन पेनाल्टीमा चुक्दा भेनेजुएलाले अग्रता लिन सकेन । ४०औं मिनेटमा रेटेगुईलेको गोलमार्फत इटालीले अग्रता लियो । उनले एन्ड्रिया क्याम्बियासोको पासलाई पोस्टको दिशा दिए ।

इटालीको यो अग्रता लामो समय टिक्न भने सकेन तीन मिनेटपछि नै माचिसले खेललाई बराबरीमा ल्याए । ८०औं मिनेटमा रेटेगुइले ब्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई २-१ को रोमाञ्चक जित दिलाए । उनले जर्जिन्होको पासलाई सदुपयोग गरे ।