इन्डियन प्रिमियर लिग

आइपिएलमा ‘स्मार्ट रिप्ले सिस्टम’ लागू हुने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आएपिएल) को १७औं संस्करणमा ‘स्मार्ट रिप्ले सिस्टम’ लागू हुने भएको छ ।

निर्णयको शुद्धता र गति बढाउने उदेश्यले यस संस्करणको आइपिएलमा ‘स्मार्ट रिप्ले सिस्टम’ लागू हुन लागेको क्रिकइन्फोले जनाएको छ ।

स्मार्ट रिप्ले सिस्टममा टिभी अम्पायरले दुई ‘हक आइ’अपरेटरबाट सीधै आठवटा ‘हाइ स्पीड’ क्यामेराहरूद्वारा खिचिएका तस्बिरहरू प्राप्त गर्न सक्नेछन्।

अहिलेसम्म तेस्रो अम्पायर र ‘हक आइ’ अपरेटरकोबीचमा सम्बन्ध जोड्ने काम गरिरहेका टिभी प्रसारण निर्देशक अब यस नयाँ प्रणालीमा संलग्न नहुने क्रिकइन्फोले उल्लेख गरेको छ ।

उक्त प्रणालीको बारेमा जानकारी दिन भारतीय क्रिकेट बोर्ड (बिसिसीआइले गत आइतबार र सोमबार अम्पायरहरुबीच वर्कशप आयोजना गरेको थियो ।

आइपिएलको १७औं संस्करण मार्च २२ ( शुक्रबार) बाट सुरु हुँदैछ । लिगको उद्घाटन खेलमा चेन्नइ सुपर किंग्स र रोयल च्यालेन्जर्स बेङ्लोर प्रतिस्पर्धा गर्नेछन् ।