अमरसिंह कप

अमरसिंह कपको नवौँ संस्करण बैशाखमा

सांकेतिक तस्विर

काठमाडौं। अमरसिंह क्लबको आयोजनामा अमरसिंह कप फुटबल प्रतियोगिताको नवौं संस्करण आगामी बैशाख ८ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा सहभागिताका लागि १२००० रुपैयाँ तिरेर टोली दर्ता गर्न सकिने आयोजकले बताएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका ७ स्थित सोमतिर्थ खेल मैदान मैदानमा हुने प्रतियोगिताको विजेताले १ लाख ११०००  रुपैयाँका साथै ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसैगरी उपविजताले ५५००० रुपैयाँसहित ट्रफी,मेडल प्रमाणपत्र पाउने छ । प्रतियोगिताको सार्वोकृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोलकिपर र प्रशिक्षकलाई नगद पुरस्कार र ट्रफी प्रदान गरिनेछ ।