थियागो सिल्भा

फ्लुमिनेन्स फर्किने सिल्भाको इच्छा

काठमाडौं । ब्राजिलियन रक्षक थियागो सिल्भाले आफ्ना पूर्व क्लब फ्लुमिनेन्स फर्किने इच्छा देखाएका छन् ।

विभिन्न सञ्चारमाध्यमा आएका खबर अनुसार सिल्भा निरन्तर फ्लुमिनेन्ससँगको छलफलमा छन् । इङ्लिस क्लब चेल्सी र सिल्भाबीचको सम्झौता सिजनको अन्त्यसँगै सकिँदैछ ।

सिल्भा सन् १९९८ मा फ्लुमिनेन्सको युवा टोलीमा सामेल भएका थिए । त्यसपछि उनी सन् २००२ मा ब्राजिलकै बार्सिलोना आरजे क्लबको युवा टोलीमा अनुबन्ध भए ।  

सन् २००१ मा ब्राजिलकै आरएस फुटबल क्लबको युवा टोलीमा पुगेका सिल्भाले सन् २००२ मा सोही क्लबको सिनियर टोलीका लागि डेब्यू गरे । त्यसपपछि सिल्भा जुभेन्टुडे, पोर्चुगिज क्लब पोर्टो ‘बी’ र रसियन क्लब डाइनामो मस्को हुँदै सन् २००६ मा फ्लुमिनेन्स फर्किएका थिए ।

सन् २००९ सम्म फ्लुमिनेन्सको सिनियर टोलीमा बिताएका सिल्भाले १०८ ब्राजिलियन सिरी ‘ए’ खेलमा नौ गोल गरे ।

सिल्भा सन् २००९ मा फ्लुमिनेन्स छाडेर इटालियन क्लब एसी मिलान पुगेका थिए । त्यसपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) हुँदै सिल्भा सन् २०२० मा चेल्सी भित्रिएका हुन् ।

चेल्सीका लागि १०५ प्रियिमर लिग खेल खेलेका सिल्भाले सात गोल गरेका छन् ।