फिफा विश्वकप छनोट

बहराइनको सामना गर्दै नेपाल

काठमाडौं। फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बिहीबार बहराइनको सामना गर्दैछ ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपालले पहिलो पटक बहराइनको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार मध्यरात १२ः४५ बजे बहराइनको राष्ट्रिय रंगशालमा सुरु हुनेछ ।

होम एण्ड अवेका आधारमा हुने छनोट अन्तर्गत नेपालले बिहीबारको खेल घरेलु मैदान दशरथ रंगशालमा खेल्नुपर्ने भए पनि रंगशालको मैदानको अवस्था खराब नेपालले होम म्याच पनि बहराइनमै खेल्न लागेको हो । यस्तै चैत १३ गते अवे खेल पनि बहराइनमै हुनेछ । 

नेपालले बहराइनसँग खेल्नुअघि मलेसियासँग उसैको मैदानमा अभ्यास खेल खेलेर आएको थियो । जसमा नेपल ५-१ ले पराजित भयो ।

समूह ‘एच’ मा रहेको नेपाल पहिलो खेलमा यूएईसँग ४-० र दोस्रो खेलमा यमनसँग २-० ले पराजित भएको थियो।