ग्रेग बार्क

आइसिसी अध्यक्ष बार्कले नेपाल आइपुगे

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कले चार दिने भ्रमणका लागि नेपाल आइपुगेका छन् ।

बार्कले सामेबारभारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौंको नियमित उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।

उनलाई नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्का लगायतले स्वागत गरेका थिए ।

२१ मार्च सम्म नेपालमा रहँदा बार्कलेले कीर्तपुरस्थित त्रिवि र मुलपानी क्रिकेट मैदानको अवलोकन गर्नेछन् । यससँगै प्रधानमन्त्री, अर्थ मन्त्री र युवा तथा खेलकुद मन्त्रीसँग क्रिकेटलाई सहयोग, आर्थिक पक्षका अवसर तथा खेलकुद नीतिबारे छलफल हुनेछ ।

लामो समय न्युजिल्यान्ड क्रिकेट बोर्डको नेतृत्व गरेका बार्कले सन् २०२० मा आइसिसीको अध्यक्ष बनेका थिए ।