नेपाली फुटबल

राष्ट्रिय महिला लिग छनोट सर्यो

काठमाडौं । राष्ट्रिय महिला लिग छनोट दुई सातापछि सरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एन्फा महिला लिग छनोट अगामी बैशाख ७ गतेबाट सुरु हुने जानकारी गराएको हो ।

यसअघि छनोट प्रतियोगिता चैत २३ गतेबाट हुने बताइएको थियो ।

एन्फाले सामाजिक सञ्जालमार्फत बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्ने अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितासँग मिति जुधेका कारण छनोट प्रतियोगिता सार्ने निर्णय भएको बताएको छ ।  

बागमती प्रदेश खेलकुद विकास परिषद्ले चैत २५ गतेदेखि वैशाख १ गतेसम्म अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको छ ।

सात वटै प्रतिदेशको सहभागिता रहने छनोट प्रतियोगिता सुर्खेत हुनेछ । यस प्रतियोगिताबाट शीर्ष तीन टोलीले राष्ट्रिय महिला लिगमा स्थान बनाउने छन् ।