चैत्र १६, २०८२ सोमबार | २१:०७:१०
च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित

गण्डकीले मणिमुकुन्दलाई हरायो

फाइल फोटो

काठमाडौं । गण्डकी प्रदेशले आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सोमबार गण्डकीले मणिमुकुन्द भलिबल क्लबलाई ३-१ को‌ सेटमा हरायो। सुरुआती दुई सेट २५-१८,२५-१४ ले आफ्नो पक्षमा पारेको गण्डकीले निकै प्रतिस्पर्धात्मक तेस्रो सेट २७-२९ ले गुमायो ।

चौथो सेट २५- १९ ले आफ्नो पक्षमा पर्दै गण्डकीले पहिलो जित दार्ता गर्यो ।

जितसँगै गण्डकीले समूह ‘डी’ मा दुई खेलबाट तीन अंक जोडेको छ । पराजित मणिमुकुन्दको पनि समान खेलबाट तीन अंक नै छ ।

पहिलो खेलमा गण्डकी विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग २७-२९, १९-२५, १७-२५  ले पराजित भएको थियो । मणिमुकुन्दले न्युटन भलिबल क्लबलाई २९-२७,२५-२३,२५-२३ ले हराएको थियो।  

पुरुषतर्फकै अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले बूढानीलकण्ठ भलिबल क्लबलाई २५-१९, २५-१४, २५-२२ ले पराजित गर्यो ।

सोमबार नै महिलातर्फ न्यु डायमन्ड स्पोर्टस क्लबले विभागीय टोली नेपाल एपिएफ क्लबलाई २५-१७, १७-२५, २५-१५,२५-२३ ले हराउँदै सुखद सुरुआत गर्यो ।  एभरेष्ट भलिबल क्लबले विभागीय टोली त्रिभुवन आर्मीलाई २४-२६, २५-१७, २५-१९, २५-२२ ले स्तब्ध बनाउँदै लगातार दोस्रो जित निकाल्यो ।  

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो