एसिसी महिला प्रिमियर कप

कुवेतविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । एसिसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा नेपालले कुवेतविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम ओभलमा कुवेतकी कप्तान अम्ना शरिफ तारिकले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएकी हुन् ।

नेपाल समूह ‘डी’ को विजेता तथा कुवेत समूह ‘ए’ को उपविजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गरेका हुन् ।

नेपालले समूह चरणमा हङकङ र भुटानलाई समान आठ विकेट तथा माल्दिभ्सलाई २१४ रनले पराजित गरेको थियो । समूह चरणमा सिंगापुरलाई १० विकेट र म्यानमारलाई २७ रने पराजित गरेको कुवेत थाइल्यान्डसँग ९६ रनले स्तब्ध बनेको थियो ।