पुस १४, २०८२ मंगलबार | १९:३८:२१
एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो
शनिबारको दिन आकाश चन्द

तीव्र गतिको बलिङमा उदाउँदै आकाश

काठमाडौं । अफगानिस्तानविरुद्ध खेल्दा नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर आकाश चन्दले सबैको ध्यान ताने । रोमाञ्चक एक विकेटको जितमा आकाशले पहिलो इनिङ्समा सर्वाधिक ५ विकेट लिएका थिए । पछि उनी प्लेयर अफ द म्याच घोषित भए । खेल जतिले हेरे, सबैले आकाशको गुनगान गाए । त्यो स्वाभाविक पनि थियो ।

‘नेपालमा क्रिकेट खेलाडी चाहिँ छन् है,’ आकाशको प्रदर्शन देखेपछि यस्तै भनाइ आइरहेका थिए । उनको गुनगान किन पनि भयो भने समूह चरणका खेल सकिँदासम्म आकाश प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडी सूचीमा अरू तीन खेलाडीसँगै दोस्रो स्थानमा थिए ।

पहिलो खेलमा ८ ओभरमा ५२ रन खर्चंदा विकेटविहीन बनेका आकाशले पाकिस्तानसँग प्रशंसायोग्य प्रदर्शन गरे ।

‘अफगानिस्तानलाई कमभन्दा कम स्कोरमा रोक्छु भन्ने सोच थियो । यति नै विकेट लिन्छु भनेर चाहिँ सोचेको थिइनँ । विकेट निकाल्छु, कमभन्दा कम रनमा यिनीहरूलाई रोक्छु भन्ने मात्र सोचिरहेको थिएँ,’ जितपछि आकाशले भनेका थिए, ‘उनीहरूलाई रोक्नैपर्छ भनेर लागिपरेका थियौं । पहिलो ओभरमै गुलसन (झा)ले विकेट लिएपछि आज हाम्रो दिन हो भनेर बुझ्यौं ।’

पहिलो र दोस्रो खेलमा हारको नतिजा हात लागिसकेको थियो । सुपर सिक्समा स्थान बनाउने हो भने अफगानिस्तानविरुद्ध नेपाली युवा टोलीलाई जित्नुबाहेक विकल्प थिएन ।

यो चर्चा दक्षिण अफ्रिकामा भइरहेको आईसिसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटको हो । नेपालको ८ वर्षपछि यू-१९ विश्वकप सहभागिता हो । समूह ‘डी’ अन्तर्गत पहिलो खेलमा नेपालले बलियो राष्ट्र न्युजिल्यान्डसँग ६४ रनको सम्मानजनक हार बेहोरको थियो । सम्मानजनक यस अर्थमा कि न्युजिल्यान्डसँग नेपालले पूरै ५० ओभर खेलेको थियो ।

दोस्रो खेलमा अर्को बलियो टोली पाकिस्तानसँग पनि ५ विकेटको अर्को हार बेहोरेपछि नेपालको सुपर सिक्स सम्भावना कठिन बन्न पुग्यो । अन्तिम खेल अफगानिस्तानसँग थियो । तुलनात्मक रूपमा अफगानिस्तान पनि नेपालभन्दा बलियो टोली हो । प्रत्येक समूहबाट तीन टोलीले सुपर सिक्सको यात्रा गर्ने हुनाले अफगानिस्तानसँगको खेल एकदमै महत्त्वपूर्ण थियो ।

अफगानिस्तानविरुद्ध नेपालले कसिलो बलिङ गरेको थियो । पहिलो २१ ओभरभित्रै ८ विकेट लिन सफल नेपाली बलरले निकै प्रभावशाली प्रदर्शन गरे । अन्तिममा जेनतेन गरेर अफगानिस्तान अन्तिम विकेट जाँदासम्म १ सय ४५ रन बनाउन सफल भयो ।

जवाफी ब्याटिङमा नेपालको सुरुआत पनि त्यति राम्रो रहेन । कम रनको लक्ष्य पछ्याउँदा पनि अन्तिममा नेपालको नाटकीय एक विकेटको मात्र जित सम्भव भयो । र, अन्ततः सुपर सिक्समा आफ्नो स्थान बनायो ।

‘अन्तिममा हामीले निकै दबाबको सामना गर्नुपर्यो । अब के हुन्छ भन्ने थियो । पछि जित्न सफल भयौं,’ प्लेयर अफ द म्याच घोषित आकाशले बोलेका थिए ।

पहिलो खेलमा ८ ओभरमा ५२ रन खर्चंदा विकेटविहीन बनेका आकाशले पाकिस्तानसँग प्रशंसायोग्य प्रदर्शन गरे । १ सय ९८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ९८ रन हुँदा सुरुआती ३ विकेट गुमायो । तीनवटै विकेट आकाशले लिएका थिए ।

सुदूरपश्चिमको कञ्चनपुरमा जन्मेका आकाश घरेलु प्रतियोगितामा सबैभन्दा सफल विभागीय टोली त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गर्छन् । तर, अधिकांश समय उनी बेन्चमै रहेका छन् ।

ओपनरद्वय सामिल हुसेन र साहजव खानलाई पेभेलियन फर्काएका आकाशले तेस्रो नम्बरमा आएका अराफात मिन्हासको विकेट पनि लिए । यिनै विकेटले गर्दा त खेल प्रतिस्पर्धात्मक बन्न पुग्यो अनि पाकिस्तानको इनिङ्स ४८ रनसम्म लम्बिन पुग्यो । ९ ओभर बलिङ गर्दा आकाशले ३४ रन खर्चेका थिए ।

सुपर सिक्स पुग्नुअघि नै सेमिफाइनल समीकरणबाट बाहिरिसकेको नेपालले त्यसपछि बंगलादेश र भारतसँग प्रतिस्पर्धा गरेको थियो । बंगलादेशसँग विकेटविहीन आकाशले भारतसँगको खेलमा १ विकेट लिएका थिए । यससँगै उनको नाममा रह्यो कुल ९ विकेट । आकाशबाहेक नेपालका लागि सुवास भण्डारीले पनि प्रतियोगितामा ९ विकेट लिए ।

सुदूरपश्चिमको कञ्चनपुरमा जन्मेका आकाश घरेलु प्रतियोगितामा सबैभन्दा सफल विभागीय टोली त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गर्छन् । तर, अधिकांश समय उनी बेन्चमै छन् ।

गत वर्ष युएईमा सम्पन्न आइसिसी यू१९ विश्वकप एसिया क्षेत्रको छनोटमा उनी सुरुआती टोलीमा अटाएका थिएनन् । तर, तीव्र गतिका बलर गुलसन झाले सिनियर टोलीबाट विश्वकप लिग-२ खेल्ने भएपछि आकाशले यू-१९ मा मौका पाएका थिए ।

अहिले आकाशको परिचय फेरिएको छ । एकचोटि उनी नेपाली क्रिकेट समर्थकको मनमस्तिष्कमा पुगेका छन् । उनले आगामी दिनमा अवश्य सिनियर टोलीको प्रतिनिधित्व गर्नेछन् । अहिलेलाई आकाश दक्षिण अफ्रिकामा प्राप्त उपलब्धिको कोसेली घर लैजाने तयारीमा छन् ।

उनले अफगानिस्तानसँगको खेलपछि आइसिसीको आधिकारिक वेबसाइटमा आफ्ना अनुभव साटेका छन् । उनले त्यस अवसरमा भनेका थिए, ‘विश्वकपमा ५ विकेट लिनु धेरै ठूलो एचिभमेन्ट हो । मलाई खुसी लागिरहेको छ । मेरो खेल आमाबुवा, दाइ, दिदी सबैले हेरिरहेका छन् । अहिले मेरो लागि यो भन्दा ठूलो एचिभमेन्ट केही छैन ।’

यही सेरोफेरोमा आकाशले समर्थकलाई धन्यवाद पनि दिए, ‘आमाबुवा त घरमा हुनुहुन्छ । तर, हाम्रा लागि यता रहेर रंगशालामा साथ दिन आउनुभएका समर्थक परिवारजस्तै हुन् । खुसी लाग्छ नेपालीहरू भेटेपछि । आफ्नै आमाबुवा जस्तै फिल हुन्छ । म उहाँहरूप्रति आभारी छु ।’ आकाशको यो कोसेलीबाट आमाबुवा पक्कै पनि गौरवान्वित हुनेछन् ।