आइसिसी ट्वान्टी २० विश्वकप

पाकिस्तानलाई भारतको एक सय ५२ रनको लक्ष्य

दुबई । कप्तान विराट कोहलीको अर्धशतकप्रेरित भारतले आइसीसी ट्वान्टी२० विश्वकप क्रिकेटमा पाकिस्तानलाई जितका लागि एक सय ५२ रनको लक्ष्य  दिएकाे छ ।

टस हारेर ब्याटिङका लागि आएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५१ रनको योगफल खडा गरेको थियो ।

भारतका लागि कोहलीले ५७ रन बनाए । कोहलीले ४९ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । त्यस्तै  ऋषभ पन्तले ३९ रन बनाए । पन्तले ३० बलमा समान दुई चौका र छक्का प्रहार गरे ।

पाकिस्तानका साहिद शाह अफ्रिदीले तीन, हसन अलीले दुई तथा सडाब खान र ह्यारिस रौफले सामान एक विकेट लिए ।