क्यान उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुर्यालको राजीनामा स्विकृत, मल्ल कार्यवाहक सचिव

काठमाडौं, (खेलाडी)- नेपाल क्रिकेट संघ (क्यान) ले उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकु¥यालको राजीनामा स्विकृत गर्दै  केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्ललाई कार्यवाहक सचिवको जिम्मवारी दिएको छ  ।

गत साता श्रेष्ठ र प्याकु¥यालले  पदबाट राजीनामा दिएका थिए ।

राजीनामा घोषणा गर्दै प्याकु¥यालले क्यानलाई अप्ठेरो परेका बेला आफूहरु लडेको बताउँदै अहिले संस्था बलियो बनिसकेकाले आफूहरु बाहिरिन चाहेको बताएका थिए ।