पोखरालाई भैरहवाको सामान्य लक्ष्य

काठमाडौं, (खेलाडी)- भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमिरय लिग (इपिएल) अन्तर्गत दोस्रो प्लेअफमा पोखरा राइनोजसामु एक सय २० रनको लक्ष्य प्रस्तुत गरेको छ ।  

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय १९ रन बनायो । 

भैरहवाका कप्तान शरद भेषावकरले सर्वाधिक ३२ रन बनाए । त्यस्तै आरिफ शेखले २७, रोहित पौडेलले १८, प्रदिप ऐरीले ११ र उपुल थरांगाले १० रन जोडे ।

पोखराका किशोर महतो र सहानले समान दुई विकेट लिए । त्यस्तै नन्दन यादव र एसेला गुणारत्नेले समान एक विकेट लिए । 

पोखरा र भैरहवाबीचको विजेताले शनिबार फाइनलमा चितवनको सामना गर्नेछ ।