टस जितेर पोखरा फिल्डिङमा

काठमाडौं, (खेलाडी)- पोखरा राइनोजले एभरेष्ट प्रिमिरय लिग (इपिएल) अन्तर्गत प्लेअफमा भैरहवा ग्ल्याडियटर्सविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ । 

यसअघि पोखरा पहिलो प्लेअफमा चितवन टाइगर्ससँग नौ विकेटले पराजित भएको थियो । यता भैरहवा भने इलिमिनेटरमा काठमाडौं किंग्स इलेभनलाई १६ रनले पराजित गर्दै  दोस्रो प्लेअफमा आएको हो । 

पोखरा र भैरहवाबीचको विजेताले शनिबार फाइनलमा चितवन टाइगर्सको सामना गर्नेछ ।