नेपाली क्रिकेट

वाणिज्य बैंकले क्रिकेट खेलाडीलाई एक लाख दिने

काठामाडौं । राष्ट्रिय वाणिज्य बैंकले एसिसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान)का अनुसार क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकसँगको भेटघाटमा बैंकले सो जानकारी दिएको हो ।

यसैगरी बैंकले टोलीका मुख्य प्रशिक्षकसहितका अफिसियललाई जनही ५० हजार रुपैयाँ दिने भएको छ ।

यसअघि सरकारले प्रिमियर कप विजेता टोलीका खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख तथा अन्य अफिसियललाई समान तीन लाख दिने रुपैयाँ दिने घोषणा गरेको थियो ।

 एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई सात विकेटले हराउँदै नेपालले २१ वर्षपछि एसिया कपमा स्थान बनाएको थियो।