अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता

नवौं सोफेस टेबल टेनिसको तयारी पूरा

सांकेतिक तस्बिर

काठमाडौं । शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा हुने नवौं राष्ट्रिय अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिताको तयारी पूरा भएको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा जेठ ४ र ५ गते हुने प्रतियोगिताको तयारी पूरा भएको कन्सेप्ट मेकर्जका प्रबन्ध निर्देशक प्रशान्त महर्जनले जनाए ।

प्रतियोगितामा एक सय ९० ब्वाइज तथा ८० गर्ल्स गरी दुई सय ७० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उपत्यका तथा मोफसलका ३५ विद्यालय सहभागी हुने छन् । कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने प्रावधान छ ।

ब्वाइज/ गर्ल्स  सिंगल्स तथा टिम गरी चार स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सिंगल्समा पहिलो हुनेले १५ हजार, दोश्रोले सात हजार पाँच  सय तथा सेमिफायन्दबाट बाहिरिनेले जनही तीन हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

डल्लुस्थित स्वर्णिम स्कुलको संयोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा हुने प्रतियोगिताको पहिलो दिन ब्वाइज/गर्ल्स सिंगल्सको फाइनल हुनेछ ।